काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) विवादित व्यापारी चन्द्र प्रसाद ढकालको कब्जामा पुगेको छ।
केहि दिन अघि (नेप्से) को कार्यकारी अधिकृत(सीईओ)मा नारद लुईटेललाई नियुक्ति गरेको समाचार बाहिरियो तर चैत १८ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेप्सेको सीईओमा पुन: अर्का प्रतिस्पर्धी चुडामणि चापागाईलाई नियुक्त गर्यो ।
नेप्सेको सीईओको सर्टलिष्टिङमा परेका ५ जनामध्ये उत्कृष्ट कार्ययोजना पेश गरेका लुईटेललाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय उल्ट्याउन ढकाल हात धोयरे लागेपछि चापागाईलाइ नियुक्ति दिलाउन सफल भएका छन ।
लुईटेललाई नियुक्त गर्न मन्त्रिपरिषदले निर्णय गरिसकेको भए पनि ढकालको हरेक सरकारी कामकाजमा आँखै बन्द गरी सघाउँदै आएका मुख्यसचिव एकनारायण अर्यालले उनको नियुक्ति पत्रमा हस्ताक्षर नै गरिदिएनन् । अर्थमन्त्रालयका एक अधिकारीका अनुसार ढकाल लुइँटेलबाट भएपनि आफ्नो काम गराउने सोच बनाईसकेका थिए । तर नियमभन्दा बाहिर गएर काम नगर्ने लुइँटेलको प्रबृत्तिलाई नजिकबाट बुझेका ढकालले मुख्यसचिवसँगको दोस्तीको अनुचित फाइदा उठाएर उनको नियुक्ति रोके अनि चापागाईलाई भित्र्याए ।
वाइको कम्पनी प्रालिको सफ्टवेयर खरिद गरी नेप्सेको टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) हत्याउन सफल भएका ढकाल सेबोंनको संचालक भएका समयमा इनसाइडर ट्रेडिङ गरेर कारबाहीमा पर्ने भएपछि बाहिरिएका थिए । वाइको सफट्वेयरका कारण नेप्सेको टीएमएसमा बारम्बार समस्या आउने गरेको छ । जसका कारण यो परिवर्तन गर्नुपर्ने लगानीकर्ताले माग गरिरहेको अवस्था छ । यसैलाई रोक्नका लागि पनि ढकालले लुईंटेलको ठाउँमा चापागाईलाई भित्र्याएका हुन् ।
नेप्सेमार्फत् हुने अनलाइन शेयर कारोबार प्रणाली वाइको कम्पनीको कब्जामा छ । ढकालको कम्पनी वाइकोमाथि जुनसुकै समयमा छानबिन हुने र यसको लाइसेन्स खोसिने भएपछि ढकाल आफ्ना विभिन्न सर्तसहित चापागाईलाई नेप्सेमा नियुक्त गराउन सफल भएका छन् ।
यति मात्र होईन ढकालमाथि वाईको मार्फत् नेप्सेको सिस्टम ह्याक गरी घाटामा गएको चन्द्रागिरी होटल तथा आफ्ना निजी कम्पनीको मूल्य स्वभाविक तथा अप्रकृतिक रुपमा वृद्धि गरि जनतालाई लुटिरहेको आरोप छ?। सेबोनमा हुँदा उनले इन्साईडर ट्रेडिङ गरेको तथ्य बाहिरिएर कारबाही हुने थाह पाएपछि उनी त्यहाँबाट निस्किएका थिए ।
को हुन् ढकालले नियुक्त गरेका चापागार्ईं?
हुन त नेप्सेको सीईओको सर्टलिष्टिङमा परेका ५ जनामध्येकै एक हुन् चापागाई। तर ढकालकै योजना अनुसारनै उनले नेप्सेको सीइओका लागि उम्मेद्वारी दिएका थिए। चापागाई नेप्सेको सीईओमा नियुक्त भएसगै उनको कार्यक्षमाता र इमान्दारितामाथि समेत प्रश्न उठिरहेको छ । कुनै एक व्यापारिक समुहको स्वार्थमा नियुक्त भएका व्यक्तिले आम नागरिकको हितमा काम गर्छ भन्नेमा प्रश्न उठिरहेको छ ।
चापागाई ‘नक्कली बीमा पोलिसी प्रकरण ’मा मुछिएको व्यक्ति हुन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट करोडौंको नक्कली पोलिसी जारी गरी बीमा शुल्क नआउँदै पोलिसी सरेन्डर गरी रकम फिर्ता लिइएको थियो । नक्कली बीमा गरेका चापागाईंमाथि छानबिन समिति नै बनाएर कारबाही गर्ने तयारी भएको बेला पनि चापागाईलाई ढकालले नै जोगाएको स्रोत बताउँछ।






