राजावादी समूहको कुनै प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल

काठमाडौं । राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारले आम नागरिकलाई अपिल गरेको छ । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारले अपिल गरेको हाे ।

त्यस्तै गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले गर्ने निर्णय गरेको बताए । घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *