तीनकुने घटना : सविन महर्जनको पोस्टमार्टम रिपोर्ट: गोली दायाँ हातबाट पछाडि निस्किएको पुष्टि

काठमाडौं । चैत १५ गते राजधानीको तीनकुनेमा प्रहरीको गोली लागेर मृत्यु भएका सविन महर्जनको शव परीक्षण त्रिवि शिक्षण अस्पतालमा गरिएको छ ।

प्रहरीका अनुसार महर्जनको पोस्टमार्टम सम्पन्न भएको हो । महर्जन पूर्वराजा समर्थकहरूको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका हुन् । कीर्तिपुर नगरपालिका–४ का महर्जनलाई एक गोली लागेको पुष्टि भएको छ ।

अस्पताल स्रोतका अनुसार उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको छ । प्रहरी अधिकृतहरूका अनुसार, महर्जनलाई तीनकुनेबाट कोटेश्वर चोक पुग्ने उकालोमा गोली लागेको हो ।

२९ वर्षका महर्जन दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ द्वारा आयोजना गरिएको प्रदर्शनमा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *