काठमाडाैं । यामाहा नेपालले नयाँ वर्षको सुरुवात रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’सँगै गर्ने भएको छ । यामाहाले आफ्ना ग्राहकहरुलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिलहरू प्रदान गर्न डिजाइन गरिएको रोमाञ्चक स्किम ल्याएको हो ।
यो स्किम यामाहा मोटरसाइकल र स्कूटरहरूको सारलाई प्रतिबिम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि हो ।
‘थ्रिल अफ थ्री’ अन्तर्गत रोमाञ्चक पुरस्कारहरू:
१. एक्साइटमेन्ट सेयर गदाए र रु. १,००० जित्ने अवसर : आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गर्दा तत्काल रु. १,००० जित्न सकिने
२. नजिकैको यामाहा डिलरशिपमा गई आफुले सेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाउदा रू. ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका
३. योजनाको अवधिमा ब्रान्ड–न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्नुहोस् र १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका
ग्राहकहरूको लागि थप लाभहरू:
नगद पुरस्कारहरूको साथसाथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू प्रदान गर्दैछ ।
–स्पट एक्सचेन्ज
–इजी फाइनान्स
–छानिएका मोडेलहरूमा ० प्रतिशत ब्याजको ईएमआई
‘थ्रिल अफ थ्री’ स्किमकेवल अफर मात्र होइन, यसले यामाहाको इनोभेसन, एक्साइटमेन्ट र ग्राहक संलग्नता प्रतिको जोशलाई प्रतिबिम्बित गर्दछ । उत्कृष्ट राइड अनुभव प्रदान गर्ने यामाहा मोटरसाइकल र स्कुटरहरू थ्रिल खोज्ने, स्टाइल मन पराउने र पर्फर्मेन्स रोज्नेहरूका लागि डिजाइन गरिएका छन् ।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट पर्फर्मेन्स र असाधारण आफ्टर सेल्स सर्भिसको लागि परिचित एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो ।






