नेपाल लाइफ र राउन्ड टेबलबीच सगरमाथा सफाइ गर्ने सम्झौता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र राउन्ड टेबल नेपालले सगरमाथा सफाइ अभियान सुरु गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौंको ग्लोबल कलेजमा आयोजित पत्रकार सम्मेलनमा उक्त अभियानको बारेमा जानकारी दिइएको हो ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविनरमण पराजुलीले सगरमाथामा एक जना क्लाइम्बरले ८ केजी फोहोर गर्दा, उक्त फोहोरलाई काठमाडौं ल्याएर रिसाइकल गर्ने प्रक्रिया सुरु गरिएको बताए । यसका लागि नेपाल लाइफ र राउन्ड टेबल नेपालले मिलेर काम गर्ने निर्णय गरेका छन् ।

नेपाल लाइफलले यो सफाइका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । यति नै रकम राउन्ड टेबलले पनि गर्ने बताइएको छ ।

पराजुलीले भने, ‘नेपाल लाइफले १ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको र आफ्नै लगानीको यो पूर्वाधार चिनाउन पनि आजको प्रेसमि आयोजना गरिएको हो ।’

राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा सफा राख्नु नेपालको शान र विश्वको ध्यान आकर्षित गर्ने काम हुने बताए । यस अभियानमा सगरमाथा प्रदूषण नियन्त्रण समिति प्राविधिक साझेदारको रूपमा सामेल रहेको बताए ।

कार्यक्रम राउन्ड टेबल नेपालका पूर्वअध्यक्ष नितेशकुमार अग्रवालले पहिलो चरणमा ५ हजार केजी फोहोर ल्याउने बताए । एक केजी काठमाडौं ल्याउन ५ सय खर्च हुने अनुमान राउन्ड टेबलको छ । यो सफाइमा करिब २५ लाख खर्च हुने पनि उल्लेख गरिएको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष छिरिङ शेर्पाले ३० वर्षदेखि सगरमाथामा सफाइ कार्य गर्दै आएको बताए । अरु संस्थासँगको सहयोगले सफाइमा थप सकारात्मक प्रभाव पार्न सक्छ भन्ने विश्वास व्यक्त गरे । उनले भने यो वर्ष ४०० भन्दा बढी आरोहणकर्ता सगरमाथा चढ्ने र १५०० जना शिबिरमा पुग्नेछन् । उनले आरोहणमा गएकालाई ल्याउन अनिवार्य गरेको बाहेकको फोहोर बर्सेनि बढ्ने गरेको बताए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *