बढ्यो रायो सागको मूल्य, किलोको कति ?

काठमाडौं । बजारमा रायो सागको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य सूची अनुसार आज रायो सागको थोक मूल्य बढेको हो ।

बिहीबार कालीमाटी बजारमा रायो सागको प्रतिकिलो थोक मूल्य अधिकतम ९० रुपैयाँदेखि औसत ८५ रुपैयाँसम्म तोकिएको छ । बुधबार भने रायो साग प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भएको थियो । आज रायो सागको मूल्य १० रुपैयाँले बढेको हो ।

यस्तै बजारमा पालुंगो साग, चम्सुर साग र मेथीको साग प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भइरहेको छ । तोरी सागको मूल्य भने प्रतिकिलो ४५ रुपैयाँ कायम छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *