शिक्षक सेवा आयोगले माग्यो ६८८ जना शिक्षक (विज्ञापनसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ। आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी अन्तर्गत ६८८ जना शिक्षक माग गरेको हो।

आयोगले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

हेर्नुहोस् विज्ञापन

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *