सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

काठमाडौँ । अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सञ्चार शाखाले जनाएको छ। मृत्यु हुनेमा बसका चालक रहेका छन्। तर उनीहरूको पहिचान भने खुलिसकेको छैन।

सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको हो।

बुधबार साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा करिब २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *