विपक्षी दलहरूले गरे संसद्को दोस्रो बैठक पनि अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका छन् ।

तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

सभामुख घिमिरेकाअनुसार अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

आजै यसअघि बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूको विरोधपछि बैठक स्थगित गरिएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *