ललितपुरका यी स्थानमा आज बिजुली काटिने

काठमाडाैं । आज ललितपुरका विभिन्न क्षेत्रमा बिजुली कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।

पाटनको १३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकाअनुसार भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा आज दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *