राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘टपअप र फोनपे डाइरेक्ट’ गर्दा आइफोन १६ उपहार पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘टपअप र फोनपे डाइरेक्ट’ गर्दा आइफोन १६ उपहार पाइने भएको छ । बैंकले एक अफर घोषणामार्फत यसबारे जानकारी गराएको हो ।

अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्लेटफर्ममार्फत ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रेरित गर्नु भएको बैंकले जनाएको छ ।

अभियानमा सहभागी हुन ग्राहकहरूले आरवीवी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को फोनपे डाइरेक्ट कारोबार गर्नुपर्ने कारोबार पुरा गरी ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्न सक्ने बैंकले जनाएको छ ।

चैत्र १ गतेदेखि सुरु भएको यो अभियान चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ ।

यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु. १०० को मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् ।

साथै, अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आइफोन १६ उपहार जित्न सक्ने जनाइएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *