राजतन्त्रलाई संविधानले चिन्दैन, जनतालाई चाहिएको पनि छैनः रघुजी पन्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रघुजी पन्तले नेपालको  संविधानले राजतन्त्र नचिन्ने भन्दै राजतन्त्र फर्कने सपना नदेख्न भन्दै राजसंस्था समर्थकमाथि कट्टाक्ष गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले देशका बहुसङ्ख्यक जनताले आफ्नो जीवनस्तरमा परिवर्तन आएको, आर्थिकस्तर सुध्रेको विभिन्न अध्ययनले देखाएको दाबी गरे। उनले नकारात्मक धारणा र अफवाह फैलाउने कार्य तत्काल बन्द गर्न आग्रह गरे। उनले अहिले मुलुकमा भ्रम र निराशाको खेती व्यापक रुपमा चलेको एवं कतिपय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको बताए।

सांसद पन्तले विसं २०६५ जेठ १५ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछिको १५ वर्षपछि नेपालीको आय यो अवधिमा झण्डै तीनगुणा बढेको बताए।

राजाको ३० वर्षे पञ्चायतीकालभन्दा अहिलेको व्यवस्थामा देशमा धेरै आर्थिक विकास र जनताको प्रगति भएको छ। त्यसैले राजाको पालामा र अहिलेको पालामा तुलना गर्ने हो भने अहिले जनताको जीवनस्तरमा सुधार आएको छ। तर, केही भएन भनेर जनतामा गलत भ्रम फैलाउने भाष्य बनाइएको छ।’ उनले भने

उनले भनेका छन्,- ‘नेपालको अहिलेको संविधानले राजतन्त्र चिन्दैन। नेपाली जनतालाई राजतन्त्र चाहिएको पनि छैन। त्यसैले यो संसद्‌मा छलफलको विषय बन्न सक्दैन। राजतन्त्र इतिहास भइसक्यो। गणतन्त्र आजको युगको सत्य हो।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *