हिमालयन ब्रोकरेज र आईटिसि व्युटि पार्लरबीच सम्झौता

काठमाडाैं। हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टररब्लोशम व्युटि क्लिनिकबीच सम्झौता भएको छ । एक कार्यक्रमकाबीच ब्रोकर सम्बन्धि कार्यलाई गाउँगाउँ सम्म विस्तार गर्ने लक्ष्य सहित छुट सम्बन्धि सम्झौता पत्रमा ब्रोकरका तर्फबाट सहायक महाप्रवन्धक रामचन्द्र रिमाल र व्युटि सेन्टरका तर्फबाट संस्थापक शोभा अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम व्युटि क्लिनिक) बाट सेवा लिदैँ आएका ग्राहकहरुलाई हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोल्दा ५० प्रतिशत सम्म छुट दिईने सहायक महाप्रवन्धक रामचन्द्र रिमालले जानकारी दिए । साथै हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोलेका ग्राहकहरुलाई व्युटि सम्बन्धी कोर्ष तथा पार्लरसँग सम्बन्धित सेवाहरुमा ३० प्रतिशत सम्म छुट सहित सेवा दिईने संस्थापक शोभा अर्यालले जानकारी दिइन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *