आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा काठमाडाैं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग

काठमाडाैं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु.३० लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले उक्त इन्स्टिच्युटका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको उपस्थिति रहेको थियो ।

कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाण्डौको गोल्फुटार, बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायीत्वअन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *