साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन २८ गते बुधबार अन्तिम दिन रहेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत ११ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि यस कम्पनीले चैत १ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले सभामा भाग लिन र  लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *