काठमाडौँ । समाजवादी मोर्चाले गणतन्त्रलाई उल्ट्याउन राजावादीहरूले ठुलो प्रतिगामी षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ। मंगलबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रतिगामी षड्यन्त्रबारे गम्भीर समीक्षा भएको मोर्चाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए ।
यहि फागुन २५ गते पूर्वराजालाई समर्थकले गरेको स्वागतले ठुलो घटना घटाउने कुचेष्टा भएको मोर्चाको ठहर छ ।
‘२०६५ सालमा नेपाली जनताले हटाइसकेको र तिरस्कार गरिसकेको राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने जुन हर्कत चलिराखेका छन् । यसलाई हामीले ठुलो प्रतिगामी षड्यन्त्र भएको निष्कर्ष निकालेका छौँ ।’ उनले भने
Artha Sanjal






