काठमाडाैं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन लाइफ इन्सुरेन्स र नेष्डो समृद्ध लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन गरिएको छ। मंगलबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यी दुई कम्पनीको मूल्य समायोजन गरिएको हो।
सिटिजन लाइफ इन्सुरेन्सको २६.९८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेर ५ सय ७१.४१ रुपैयाँ कायम गरिएको छ। यसअघि, मंगलबारको अन्तिम कारोबार मूल्य ७२५.६० रुपैयाँ थियो।
नेष्डो समृद्ध लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेर १९ सय ९८.५० रुपैयाँ कायम गरिएको छ। मंगलबारको अन्तिम कारोबार मूल्य २२७३ रुपैयाँ थियो।
अब, सोही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीहरूको बुधबार कारोबार सुरु हुनेछ।
Artha Sanjal






