सर्वसाधारणका लागि आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ

काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले आज मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । चैत ३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन भएको हो ।

कम्पनीले यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ । जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत अर्थात १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी हुन लागेको हो ।

सोमध्ये १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो । कम्पनीले केयर नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *