राष्ट्र बैंकले सार्वजनिक गर्‍यो देशको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडाैं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनामा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार, उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ। आयात १०.१ प्रतिशत र निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.३ प्रतिशतले बढेको छ।

यसैगरी शोधनान्तर स्थिति रु.२८४ अर्ब ४१ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड पुगेको छ ।

नेपाल सरकारको खर्च रु.७५४ अर्ब ८५ करोड र राजस्व परिचालन रु.६४२ अर्ब ८५ करोड रहेको छ ।

विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.१ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.८ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *