काठमाडाैं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी चैत १९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।
लगानीकर्ताले सानिमा बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, विराटनगर, विरेन्द्रनगर, धनगढी, लमजुङ, सानिमा क्यापिटलको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हकप्रदबाट प्राप्त रकम विभिन्न बैंकको ऋण भुक्तानीका लागि लागि उपयोग गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका कम्पनीले गत फागुन १५ गतेका लागि बुक क्लोज गरिसकेको छ ।






