नेपाल इन्सुरेन्स कम्पनीकाे १५.७९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल इन्सुरेन्स कम्पनीले गत वर्षको नाफाबाट १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले १५ % बोनस सेयर र ०.७९ % नगद लाभांश (कर तिर्न) दिने निर्णय गरेको हो।

यो प्रस्ताव नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ।

यसअघि कम्पनीले आव २०७९/८० को नाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो। कम्पनीले ४० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *