सरकार भन्छ निशुल्क शिक्षा: सूचना जारी गरेर पैसा असुल्छन् सिद्धीगणेशका प्रधानाध्यापक

काठमाडौं । देशभरका सार्वजनिक विद्यालयले निशुल्क अध्ययन गराउनु पर्ने नियम छ। तर, सिन्धुपाल्चोकको एक सार्वजनिक बिद्यालयले सूचना नै जारी गरेर अभिभावकलाई पैसा तिर्न उर्दी जारी गरेको छ ।

सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकामा रहेको एक विद्यालयले यसरी सूचना जारी गरेर बिद्यार्थीबाट पैसा असुलेको हो ।चौतारासाँगाचोक ७ मा रहेको सिद्धीगणेश माध्यामिक विद्यालयले भौतिक एवम् शैक्षिक विकासका लागि भन्दै रकम संकलन गरिरहेको हो ।

प्रधानाध्यापक राजकुमार यादवले हस्ताक्षर गरेर सार्वजनिक सूचना जारी गरी पैसा तिर्न म्याद नै तोकेका छन् । सूचनामा प्रत्येक बिद्यार्थीले भौतिक र शैक्षिक विकासका लागि एक हजार फागुन २६ गतेभित्र तिर्नपर्ने अनिवार्य गरिएको छ ।

पैसा नतिर्ने वि =द्यार्थीको शैक्षिक प्रमाणपत्र रोक्ने आन्तरिक सूचना पनि जारी गरिएको छ । स्थानीयका अनुसार सो बिद्यालयका लागि सुबिधा सम्पन्न भवन सरकारले नै निर्माण गरिदिएको छ । स्थायी र अस्थायी कर्मचारी तथा शिक्षकलाई नगरपालिकाले नै आर्थिक व्यवस्थापन गरेको छ ।

अझ विद्यालयका प्रधानाध्यापक राजकुमार यादवसमेत विद्यालयकै स्वामित्वमा रहेको सुबिधासम्पन्न भवनमा बस्दै आएका छन् । सरकारले सवै सुबिधासमेत उपलब्ध गराएको बिद्यालयले सार्वजनिक सूचना नै जारी गरेर बिद्यार्थीवाट रकम असुल्नु गैरकानुनी कार्य रहेको स्थानीयले बताएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका नेकपा माओवादीले जितेको निकाय हो । यो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्याक पनि माओवादीकै कार्यकर्ता हुन् । त्यसकारण पनि नगरपालिकाले आवश्यक हरेक चीज उपलब्ध गराएको छ ।

यहाँ विद्यार्थीका लागि वसको व्यवस्था पनि सरकारी निकायले गरिदिएको छ । तर, पनि रकम असुल्नका लागि सार्वजनिक सूचना जारी भएपछि अभिभावकहरु रुष्ट भएका छन् ।

यस विधालयलाई  बागमती प्रदेश सरकारले नमूना विद्यालयको रुपमा घोषणा गरेको ले  त्यसवापत पनि अनुदान पाउने गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *