देउवाका ज्योतिष भन्छन् – ‘ सरकार संयम नभए २०८१ साल गणतन्त्रको अन्तिम वर्ष’

 उनले नेपालका लागि ७ अंक नफाप्ने बताएका छन् ।

७ पटक देउवा प्रधानमन्त्री हुन्छन भनेर भविष्यवाणी गर्दै आएका ज्योतिष न्यौपानेले भनेका छन्,- ‘नेपालकाे भाग्य विधाता नेपाली जनता नै हुन् ।नेपाली राजनीति इतिहासमा अंक ७ नफापेकै देखिन्छ । आइतबार राजा ज्ञानेन्द्र वीरविक्रम शाहकाे राजकिय सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागकाे कार्यक्रम तयारी भैरहेको छ। फागुन २५ गते आइतबार पनि (५+२=७) अंक ७ कै याेगफल जुरेकाे छ।’

फागुन २५ गते अर्थात् भोलि  पुर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदै छन् ।

त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न राजावादी एकजुट भएर जाने तयारी छ। शाहले फागुन ७ मा दिएको सन्देशलाई लिएर उत्साहित राजावादी र वर्तमान देशको परिस्थितिले देशमा ठुलै परिवर्तनको संकेत गरेको छ।

सरकार र माओवादी त यसको खुलेरै प्रतिवाद गरिरहेका छन् । सोहिक्रममा माओवादीले `जनतासङ्ग माओवादी´ कार्यक्रम स्थगित गरेको छ भने केहि समय अघि मत्रै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति राम चन्द्र पौडेलको भेटघाट भएको विषयले राष्ट्रिय राजनीतिमा थप तरंग पैदा गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *