काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई ४ वर्षको लागि सीइओमा नियुक्त गरेको हो ।
घिमिरे सोहि बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको हो । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको ४र४ वर्षको २ कार्यकाल पूरा गरि यही फागुन मसान्तमा बाहिरीदै थिए ।
घिमिरे सन् २००९ देखि एनएमबि बैंकमा कार्यत थिए । सन् १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।
उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् । उनी एनएमबी बैंकमा ११ असोज २०७९ देखि नायब प्रमुख कार्यकारि अधिकृतमा कार्यरत छन् ।






