वाटर इनर्जी सोलुसनले आईपीओ ल्याउने, चैतमा बोलायो साधारणसभा

काठमाडौं। वाटर सोलुसन लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी चैत १५ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कौशलटार, भक्तपुरमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ। सभामा आर्थिक वर्ष २०८०-८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *