नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्राबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्रा, वीरगन्ज, पर्साबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ लगायत अन्य सुबिधामा १५ प्रतिशत र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका मधेश प्रदेश प्रमुख,उदय पन्जीयार थारु र स्काईलाईन इन्फ्रा लि. का निर्देशक अंकुर भंगर अग्रवालले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंकका वीरगन्ज शाखाका प्रबन्धक, राकेश महर्जन र बैंक तथा होटेलका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यलय सञ्चालनमा छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *