चन्द्रागिरिमा भीषण आगलागी, नियन्त्रणका लागि ७ दमकल परिचालन

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा भीषण आगलागी भएको छ । आगालागी गएराति १ः२० बजेबाट सुरु भएको थियो ।

चन्द्रागिरि नगरपालिका वार्ड नम्बर १० बोसीगाँउ स्थित हिराकाजी महर्जनको जग्गा भाडामा लिई  रमेश पोदारले  सञ्चालन गरेको आरएमबि प्लास्टिक प्याकेजिङ हाउसमा अचानक आगलागी भएको हो ।

७ वटा दमकल र  विभिन्न स्थानबाट आएको १५ वटा पानि ट्याङकरको प्रयोगमार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरले जानकारी दिएको छ । हालसम्म ९० प्रतिशत आगो नियन्त्रणमा आएको बाँकी निभाउने कार्य जारी रहेको बताइएको छ ।

चन्द्रागिरि नगरपालिकाको दमकल, विशाल बजार वारुण यन्त्र दमकल, बालाजुको वारुण यन्त्र दमकल, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल। बौद्ध रामहिटिको दमकल  र बुढानीलकण्ठ नगरपालिकाको दमकल आगो नियन्त्रणमा प्रयोग भइरहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *