काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ।
कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। उक्त अवधिभर १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता का लागि आवेदन दिएका थिए।
जसमध्येबाट रितपूर्वक आवेदन दिएका भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १०-१० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी १७ लाख १७ हजार जनाको हात खाली भएको छ।
Artha Sanjal






