सेयर बजारमा ७५.२४ अंकको बृद्धि हुँदा १४ अर्ब २५ करोडमाथिको कारोबार

काठमाडौं । आज साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजारमा भारी अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ को विन्दुमा कायम भएको छ ।

आज ३०२ कम्पनीको सेयर किनबेच हुँदा १४ अर्ब २५ करोड माथिको सेयर कारोबार भएको छ । आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेको छ । आज ४ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९७ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ८५ करोड ९३लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ४० करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्ट्रिलरी, गार्डियन माइक्रो लाइफ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंक र दोदीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *