आज काठमाडाैंका यी स्थानमा बिजुली काटिदैं

काठमाडाैं । आज काठमाडाैंको विभिन्न स्थानमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा विद्युत कटौती गर्न लागेको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । आज यी क्षेत्रमा आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने छ । यी स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणद्वारा सूचनामा उल्लेख छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *