गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत ११ गते विराटनगरको होटल एयरपोर्टमा बिहान ११ बजेबाट साधारणसभा सञ्चालन गर्ने निर्णय गरेको हो।

सभाले नियमनकारी निकायबाट कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने निर्देशन आएमा सोसम्बन्धमा कार्य गर्न सञ्चालक समितिलाई नै अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। कम्पनीको नियमावली र प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। सभाले सर्वसाधारणतर्फ दुईजना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले सञ्चालकको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवासुविधा र सामाजिक उत्तरदायित्वअन्तर्गत गरेका खर्च स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको फागुन २६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *