काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्री दीपक खड्काले हटाउन खोेजेपछि सरकारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ। मन्त्री खड्काले घिसिङलाई पदबाट हटाउन दुईपटकसम्म स्पष्टीकरण सोधेपछि बिहीबार समर्थनले माइतीघर मण्डलामा खबरदारी कार्यक्रम गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाहिँदैन,’ ‘कुलमान हटाउन पाइँदैन’, ‘स्काउटको जग्गाको भाडा तुरुन्त तिर’लगायतका नारा लगाएका छन्।
तस्बिरहरू :








Artha Sanjal






