नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३८औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को ३८ औँ वार्षिक साधारणसभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न गरेको छ ।

सभाले सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गरेको छ । यसअघिको ३७ औँ वार्षिक साधारणसभामा समेत सञ्चालकको निर्वाचन तालिका राखिएकोमा सर्वोच्च अदालतको आदेशमा उक्त निर्वाचन प्रक्रिया स्थगितत भएको थियो।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।

गत आर्थिक वर्षका लागि बैंकले शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव पनि गरेको छैन। यसको अर्थ शेयरधनीहरुको हात रित्तै हुने भएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *