घिसिङले मन्त्रालयको स्पष्टीकरण सोध्ने अधिकार नभएको दाबी गर्दै जवाफ पेस गरे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले सोधेको स्पष्टीकरणको जवाफ पेस गरेका छन् । मंगलबार ऊर्जा मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जसको जवाफ उनले बिहीबार दिएका हुन्।

घिसिङले मन्त्रिपरिषदको निर्णयअनुसार विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ बमोजिम ४ वर्षको निम्ति नियुक्त भएकाले सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐनको दफा नेपाल सरकारको कार्य सञ्चालन नियमावलीको नियम विपरित भएको जिकिर गरेका छन् ।

मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफमा घिसिङले प्राधिकरणको निर्देशकलाई हटाउने अधिकार मन्त्रालयसँग नरहेको दाबी गरेका छन् । उनले कर्मचारीलाई दुःख दिने नियतले स्पष्टीकरण सोधिएको पनि आरोप लगाएका छन् ।

विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावलीको विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्दछु उनले भनेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *