काठमाडाैं । निर्माणाधीन धुलिखेल–खावा सडकको ठेक्का रद्द भएको छ । मंगलबार बसेको सडक डिभिजन भक्तपुरको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको हो ।
सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचनामार्फत् ठेक्का रद्द भएको जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलदेखि–खावा भञ्ज्याङसम्म चार किलोमिटर सडक गौरी पार्वती निर्माण सेवा प्रालिले बनाइरहेको थियो ।
२०७९ जेठ २० मा ठेक्का लागेको उक्त सडक २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने थियो । तर ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै सडक बनाइरहेको थिएन । अहिले त्यस खण्डको निर्माण ठप्प नै छ ।
निर्माण कम्पनी सडक डिभिजनमा उपस्थित भएर लिखित स्पष्टीकरण दिए पनि जवाफ सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको कार्यालयले जनाएको छ ।
Artha Sanjal






