महाशिवरात्रि अवसरमा चन्द्रागिरी केबलकारमा ५० प्रतिशत छुट

काठमाडौं। महाशिवरात्रिको पावन अवसरमा चन्द्रागिरी केबलकारले सबै भक्तजनहरुलाई विशेष छुटको व्यवस्था गरेको छ। बुधबार अपरान्ह ४ बजेदेखि केबलकारमा ५० प्रतिशत छुटको सुविधा उपलब्ध हुनेछ।

यस अवसरमा चन्द्रागिरीमा भजन कार्यक्रमको आयोजना गरिनेछ। साथै, साँझ ५ बजे महाआरती आयोजना गरिने छ। केबलकार राति ९ बजेसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *