काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा किनबेच भइरहेको छ । आईतबारको बजारमा चाँदी एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Artha Sanjal






