हिमालयन रिइन्स्योरेन्सकाे नाफा बढ्याे, प्रतिसेयर आम्दानी कति?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा २.३ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६१ करोड ६९ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ६० करोड २७ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी पहिले १ अर्ब ९९ करोड रहेकोमा अहिले २ अर्ब ३९ करोड छ ।

वार्षिक प्रतिसेयर आम्दानी पहिले १२ रुपैयाँ ५ पैसा रहेकोमा अहिले ११ रुपैयाँ ८६ पैसा छ । चुक्ता पूँजी बढ्दा प्रतिसेयर आम्दानीमा असर पारेको हो । चुक्ता पूँजी १० अर्बबाट बढेर १० अर्ब ४० करोड पुगेको छ ।

प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ५७ पैसा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *