एससीटीको २३औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)को २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गरेको छ ।

साधारण सभाबाट ५ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूमा आईएमई लिमिटेडबाट क्रमशः रविनकुमार नेपाल र सविन ढकाल, प्रभु बैंक लिमिटेडबाट रश्मी पन्त, ग्लोबल आईएमई बैंक लिमिटेडबाट अनिल जोशी र सिटी एक्सप्रेस मनि ट्रान्सफर प्राइभेट लिमिटेडबाट सुभाष ज्ञवाली रहेका छन् ।

सोही दिन बसेको सञ्चालक समिति बैठकले पुनः रविनकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ भने स्वतन्त्र सञ्चालकको रूपमा मृगेन्द्र प्रधानलाई नियुक्त गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *