केबलकार विवादको प्रभावपछि सम्बद्ध संस्थाले भने – ‘बैंकबारे भ्रम फैलाउनेलाई कारबाही गरियोस्’

काठमाडौं।  बैंक तथा वित्तीय संघहरूका साझा संगठन नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले नेपालको बैङ्किङ क्षेत्र सुरक्षित रहेको जनाएका छन्

आज एक  संयुक्त विज्ञप्ति जारी गर्दै उक्त संगठनहरुले  बैंकिङ्ग क्षेत्रमा भइरहेको केही अराजक गतिविधिहरु र सामाजिक संजालमा फैलाइएका भ्रामक सूचनाहरु प्रति आँफुहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

‘यस क्षेत्रलाई खलबल्याउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

उनीहरुले यस्ता गतिविधीमा संलग्नलाई कारबाहीको माग गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *