समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं। समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज माघ २३ गतेसम्म कायम लगानीकर्तालाई कम्पनीले प्रस्ताव गरेको लाभांश पाउँनेछन् ।
 लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा फागुन ११ गते बस्दै छ । सभा मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेल, काभ्रेपलकाञ्चोकमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
यस कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *