काठमाडौं। आज अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ २३ गते बुधबारका लागि १ अमेरिकी डलरकोबिक्रीदर १३९ रुपैयाँ ६२ पैसा र खरिददर १३९ रुपैयाँ ६२ पैसा छ । मंगलबार १ अमेरिकी डलरको बिक्रीदर १३९ रुपैयाँ ८० पैसा तथा खरिददर १३९ रुपैयाँ २० पैसा थियो ।
आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ १४ पैसा रहेको छ भने खरिददर १४३ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ३५ पैसा र खरिद दर १७२ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७८ पैसा छ । कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Artha Sanjal






