बाँसबारी जग्गा किर्ते प्रकरणमा चौधरी समूहलाई उन्मुक्ति: मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौँ । सरकारले बाँसबारीको १० रोपनी जग्गा किर्ते गरेर हत्याएको आरोप लागेका चौधरी समूहलाई उन्मुक्ति दिएको छ । ‘जग्गा किर्ते’ मा मुद्दा चलाउन नपर्ने प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले चौधरी समूह विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

बाँसबारीको १० रोपनी सरकारी जग्गा किर्तेमा संलग्नलाई ‘मुद्दा चलाउन नपर्ने’ रायसहितको प्रहरी प्रतिवेदनका आधारमा यस्तो निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयका एक अधिकारीले जानकारी दिए।

उनका अनुसार  चौधरी समूह विरुद्ध जग्गा किर्तेमा मुद्दा नचल्ने निर्णय भएको छ। चौधरी समूहको नाममा रहेको जग्गा सरकारको नाममा आइसकेको र सो विरुद्ध सर्वोच्चमा दायर रिट पनि चौधरी समूहले फिर्ता लिइसकेकोले मुद्दा चलाई राख्न नपर्ने भन्ने निर्णय भएको बताईएको छ।

बाँसबारीको सरकारी जग्गा किर्ते गरेर हडपेको तथ्यका आधारमा  सरकारले छानबिन गरेको भए पनि अन्ततः सरकारी जग्गा किर्ते प्रकरणमा चौधरी समूहले उन्मुक्ति पाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *