यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार आज माघ ९ गते बुधबार १ अमेरिकी डलरको बिक्रीदर १३८ रुपैयाँ ८३ पैसा र खरिददर १३८ रुपैयाँ २३ पैसा कायम भएको छ । आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ६८ पैसा रहेको छ भने खरिददर १४३ रुपैयाँ ०६ पैसा रहेको छ ।

बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा खरिददर १६९ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ८ रुपैयाँ ९० पैसा र खरिददर ८ रुपैयाँ ८६ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९६ रुपैयाँ १२ पैसा छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *