नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ ९ गते बुधबार अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्ने भएकाले  माघ ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

कम्पनीले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजे सुरु हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *