लिबर्टी इनर्जीको ८ लाख २६ हजार कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । लिबर्टी ईनजी कम्पनी लिमिटेडको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु कोशी प्रदेश विराटनगर शाखा, मधेश प्रदेश बीरगंज शाखा, बागमती प्रदेश जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकी प्रदेशः पोखरा शाखा, लुम्बिनी प्रदेशः बुटवल शाखा, कर्णाली प्रदेशः सुर्खेत शाखा र सुदुरपश्चिम प्रदेशः धनगढी शाखा मार्फत आवेदन दिन सकिने प्रभु  क्यापिटलले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *