सिन्धु बिकास बैंकमा आगलागी, पैसा र ऋणका कागजात सुरक्षित

काठमाडाैं। सिन्धु विकास बैंक सिन्धुपाल्चोकमा रहेको लामेसाँघु शाखामा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ ।

बलेफी गाउँपालिका–८ लामोसाँघुमा रहेको बैंकको शाखामा शनिबार आगलागी भएको हो । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन भने ऋणसँग सम्बन्धित कागज र बैंकमा रहेको पैसा पनि सुरक्षित रहेको छ । बैंकको शाखामा बिजुली सर्ट भइ आगलागी भएको हो ।

बैंकको शाखाको फल्स सिलिङ, स्टोरका सामान, रिसेप्सन एरियामा रहेका फर्निचर लगायतमा क्षति पुगेको छ । प्रहरीका अनुसार स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *