काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ३१ हजार २६६ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।
यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले किन्न पाउनेछन् । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।
इच्छुक सर्वसाधारणले ३५ दिनभित्र ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालय वा काठमाडौंको नागपोखरीस्थित संस्थाको शेयर रजिस्ट्रार कुमारी क्यापिटलमा खरिद निवेदन पेस गर्न सक्नेछन्।
Artha Sanjal






