भेटायो एपकाे नयाँ वर्षको अवसरमा विशेष अफर घोषणा

काठमाडौं । नयाँ वर्षको स्वागत नयाँ तरिकाले गर्न चाहने काठमाडौंवासीका लागि भेटायो एपले आकर्षक अफरहरू घोषणा गरेको छ। घरायसी सेवामा विश्वासिलो साथीको रूपमा चिनिएका भेटायोले यस नयाँ वर्षमा आफ्नो प्रयोगकर्तालाई विशेष छुट र सुविधाहरू उपलब्ध गराउने घोषणा गरेको हो।

यस अफर अन्तर्गत, भेटायो एपले २० प्रतिशत छुट दिँदै सबै क्लिनिङ सेवामा विशेष छुट उपलब्ध गराएको छ। ग्राहकहरूले आफ्नो क्लिनिङ सेवामा CLEAN2025 प्रोमो कोड प्रयोग गरेर २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। साथै, लुगा धुने सेवा अब रु. ९९ प्रति किलो मात्रमा उपलब्ध हुनेछ, त्यो पनि फ्री पिकअप र डेलिभरी सुविधा सहित। यसबाट ग्राहकहरूलाई लुगा धुने झन्झटबाट मुक्त गरिन सक्नेछन्।

यस अफरका साथसाथै, भेटायो एपले नयाँ वर्षलाई अझ रोमाञ्चक बनाउन गिभअवे र गेम्स पनि आयोजना गर्दैछ। सहभागी हुन चाहने ग्राहकहरूले यी खेलमा भाग लिएर आकर्षक सेवा भाउचरहरू जित्न सक्नेछन्।

भेटायो एपका प्रतिनिधिहरूका अनुसार, यस अफरले प्रयोगकर्ताहरूलाई झन्झट र समय बचत गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको हो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *