गुराँस लघुवित्तको नाफा १०० प्रतिशतले वृद्धि, यस्ता छन् प्रमुख सूचकहरु

काठमाडाैं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, लघुवित्तको खुद नाफा गत वर्षको तुलनामा १०० प्रतिशत बढेर १ करोड ५४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा नाफा ७७ लाख २८ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा लघुवित्तको ब्याज आम्दानी ९५.३४ प्रतिशत, अन्य सञ्चालन आम्दानी १२.८१ प्रतिशत, र कुल सञ्चालन आम्दानी ६६.४० प्रतिशतले वृद्धि भएको छ। सञ्चालन मुनाफा २०७.६६ प्रतिशतले वृद्धि भएको छ। प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७० पैसा पुगेको छ, र खराब कर्जा दर ३.७५ प्रतिशतबाट घटेर २.७८ प्रतिशतमा झरेको छ।

लघुवित्तको चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा ४ करोड २६ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा १ अर्ब ८४ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *